Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारी जग्गा हिनामिना गरेको आरोपमा नापी अधिकृतसहित १८७ जनाविरुद्ध मुद्दा


१३, फागुन २०८०
  • 179
    SHARES
  • सरकारी जग्गा हिनामिना गरेको आरोपमा नापी अधिकृतसहित १८७ जनाविरुद्ध मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको चन्द्रगढीमा सरकारी जग्गा हिनामिना गरेको अभियोगमा १८७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

    आयोगले आइतबार नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार झापाको साविक दमक ६ग हाल दमक नगरपालिका वडा नं. १३ र १४ मा पर्ने बालुवाटारको रतुवा र दिपिनी खोलाको दोभानको सार्वजनिक जग्गा अतिक्रमण गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

    आयोगका अनुसार कि.नं. ७६०,७६१,७६२,७७३,७८३,७८४,७८६,७८७,७८८ र साविक दमक ६ग र दमक ५ख बिचको मार्जिनका जग्गाहरू २०२१ सालको शुरु नापीमा सरकारी सार्वजनिक भए पनि स्ववासी प्रक्रियाबाट जग्गादर्ता गरेको पाइएको आयोगले जनाएको छ।

    आयोगका अनुसार मिलोमतोमा ९२८ बिगाहा १७ कठ्ठा १३ धुर (९३८४ रोपनी ८ आना १ दाम) व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको हो। जसको न्यूनतम मूल्यांकन ४१ करोड ६२ लाख १९ हजार ८ सय एक रुपैयाँ रहेको छ।

    आयोगले नापी कार्यालय, चन्द्रगढीका कर्मचारी ९ जना, सरकारी सार्वजनिक जग्गा गैरकानूनी तरिकाले स्ववासी जग्गादर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरेका शुरु जग्गा दर्तावाला ६५, र बिगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्रै ११३ लाई प्रतिवादी बनाइएको छ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend