Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रतिवेदन लेखनमा जुट्यो सुन तस्करी छानबिन आयोग


१४, फागुन २०८०
  • 228
    SHARES
  • प्रतिवेदन लेखनमा जुट्यो सुन तस्करी छानबिन आयोग

    काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बयान लिने काम अन्तिम चरणमा पुर्‍याएको छ । आयोगले विभिन्न विज्ञहरूसँग परामर्श गर्नुका साथै यसअघि मुद्दा चलाइएका र नचलाइएका व्यक्तिहरूसँग पनि सोधपुछ र बयान लिने काम गरेको छ ।

    ‘६० जना विज्ञहरूसँग परामर्श गरेका छौँ, प्रतिवादीहरूसँगको पुनः सोधपुछ ३२ जना, मुद्दा नचलाइएका तर सीआईबीले बुझेकाहरू २० जनालाई बयान कागज गराइएको छ’, आयोगका अध्यक्ष डिल्लीराज आचार्यले भन्नुभयो, ‘अनुसन्धान अभियोजन लगायत विभिन्न सोधपुछ गर्नेहरूको सङ्ख्या १३ जना छ ।’ 

    प्रतिवेदन तयार गर्नुअघि आयोगले पूर्व सभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालगायतसँग कागजी बयान र साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ लगायतका प्रतिवादीसँग पुनः बयान लिएको हो । आयोगका अनुसार बयानका लागि सूचना जारी गरेका मध्ये ४÷५ जना अझै बयानका लागि आएका छैनन् ।

    बयान करिब सकिएकाले आयोग प्रतिवेदन लेखनमा केन्द्रित छ । सुन तस्करीबारे विभिन्न प्रमाण सङ्कलन गरी प्रतिवेदन तयार गर्ने कार्य भइरहेको हो । विभिन्न समूहले फरक–फरक विषयमा प्रतिवेदन लेखन र प्रमाणको पुनः परीक्षण गर्ने काम गरिरहेको आयोगले जनाएको छ ।

    जाँचबुझ आयोगको म्याद यही फागुन १५ गते सकिँदै छ । आयोगले प्राप्त गरेका केही प्रमाण सुरक्षा निकाय र भन्सारबाट पुनः परीक्षण गरी माग गरेकामा प्रतिवेदन नआएकाले यही फागुन ३० गतेसम्मका लागि म्याद थप्ने तयारी भएको छ । आयोगले गृह मन्त्रालय मार्फत म्याद थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिसकेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते बरामद भएको ६१ किलोग्राम र विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ किलोग्राम सुन तस्करी प्रकरणपछि गत असोज १४ गतेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

    आयोगमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक सहकुल थापा, अर्थ मन्त्रालयका पूर्व सहसचिव किशोर जङ्ग कार्की र गृह मन्त्रालयका पूर्व सहसचिव प्रेमराज जोशी सदस्य छन् ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend