Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भरतपुर ‘हेल्थ हब’का रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री दाहाल


१८, फागुन २०८०
  • 120
    SHARES
  • भरतपुर ‘हेल्थ हब’का रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री दाहाल

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको बताउनुभएको छ ।  

    नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताउनुभएको हो । 

    स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीका लागि अनुदानको व्यवस्थालगायत महत्त्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् ।”

    संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको जनाउँदै उहाँले यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रमा बजेट कम भएको गुनासो आउने गरेको जनाउँदै उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा जति सम्भव हुन्छ, अधिकतम बजेटको व्यवस्था गर्ने कोसिस यसपटक हुन्छ, यो विश्वास दिलाउन चाहन्छु ।”

    भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखासम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको उहाँको भनाइ थियो । भरतपुर आँखा अस्पतालको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले विसं २०४४ मा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यावसायिक तालिमका क्षेत्रमा विशिष्टिकृत योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो । 

    यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको चर्चा गर्दै उहाँले सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनीयतामा समेत बढोत्तरी हुँदै गएको बताउनुभयो । 

    विभिन्न दातृ निकाय, सङ्घसंस्था, भरतपुर महानगरपालिकालगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको जनाउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरङ्ग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्ष विस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छु ।” यसबाट अस्पतालले दिने सेवाको मात्रा र गुणस्तर दुवैमा गुणात्मक सुधार हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

    प्रधानमन्त्रीले नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सवल र सुविधासम्पन्न हुने उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो, “भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालिमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ ।” यसका निम्ति भविष्यमा सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने प्रधानमन्त्री दाहालले बताउनुभयो । भरतपुर अस्पतालको जग्गामा रहेको आँखा अस्पतालको जग्गाको समस्या समाधानका लागि आफूले पहल गर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो । 

    कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्यमा बजेट कम भएका कारण सोचेअनुसार काम हुन नसकेको भन्दै स्वास्थ्य र शिक्षामा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले ११ प्रतिशत हाराहारी बजेट स्वास्थ्यमा छ, यसलाई बढाएर २०–२५ प्रतिशत पुर्याउनुपर्छ ।” सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले आँखा अस्पतालमा विगतमा झै आगामी दिनमा पनि पाकिस्तानी सरकारले सहकार्य गर्दै जाने बताउनुभयो । 

    अस्पतालको नवनिर्मित भवनको भवन निर्माण समितिका संयोजक एवं नेपाल नेत्रज्योति सङ्घ चितवनका पूर्वसभापति चिजकुमार मास्केले रु १३ करोड ५० लाखमा भवन निर्माण गरिएको बताउनुभयो । अस्पतालका सेवा सुविधा र समस्याका बारेमा अस्पताल सञ्चालन समितिका अध्यक्ष एवं सङ्घका सभापति जयराम श्रेष्ठ र अस्पतालका निर्देशक डा. पुष्पा गिरी श्रेष्ठले जानकारी गराउनुभएको थियो । सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend