Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वर्तमान गठबन्धन पाँच वर्ष नै चल्छ : उपप्रधानमन्त्री खड्का


१८, फागुन २०८०
  • 182
    SHARES
  • वर्तमान गठबन्धन पाँच वर्ष नै चल्छ : उपप्रधानमन्त्री खड्का

    काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने बताउनुभएको छ ।

    आजदेखि यहाँ सुरु भएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान गठबन्धनमा कहीँकतै केही होला कि भनेर शङ्का नगर्न आग्रह गर्नुभयो । 

    नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका खड्काले निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको स्मरण गर्दै जनादेशअनुसार वर्तमान गठबन्धन चल्ने  र त्यसमा कुनै समस्या नआउने प्रष्ट पार्नुभयो ।

    गत निर्वाचनलगत्तै केही समस्या आए पनि अहिले गठबन्धनमा कुनै समस्या नरहेको खड्काको भनाइ छ ।वर्तमान गठवन्धन सत्ता र कुर्सीका लागि नबनेको भन्दै खड्काले संविधानको रक्षा र मुलुकको समृद्धिका लागि भएकाले जनादेशअनुसार काम गर्दै जाने प्रष्ट पार्नुभयो ।  

    एक फरक प्रङ्सगमा उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशमा अपार सम्भावना भएको भन्दै अबपछि परेको भन्नेभन्दा पनि कसरी कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउन सकिन्छ भनेर सबै मिलेर काम गर्ने बेला भएको बताउनुभयो ।

    कर्णाली आफैँमा सभ्यता, संस्कृतिदेखि प्राकृतिक स्रोत साधनले समेत भरिपूर्ण रहेकाले यो प्रदेशलाई अबको १०/१५ वर्षमा समृद्ध प्रदेश बनाउन सकिने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । 

    चलचित्र क्षेत्रका लागि पनि कर्णाली प्रदेश आफैँमा एउटा क्यानभास भएको भन्दै खड्काले यसरी हुने चलचित्र महोत्सवले कर्णालीलाई संसारभर चनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend