Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको बिदाइ आज 


२०, फागुन २०८०
  • 165
    SHARES
  • राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको बिदाइ आज 

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आज सकिदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आजदेखि बिदा हुन लागेका हुन् ।

    पदावधि सकिनेहरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एमालेका आठ, नेपाली कांग्रेसका चार, नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एक एवं राष्ट्रपतिबाट मनोनित एक गरी २० जना रहेका छन् ।

    उनीहरूको ठाउँमा माघ ११ मा भएको राष्ट्रियसभा निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् । भोलि उनीहरूको शपथ कार्यक्रम राखिएको छ भने एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ ।

    गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाको समीकरण नै बदलिएको छ । माओवादी पहिलो ठूलो दल बन्दा कांग्रेस दोस्रो ठूलो दलको हैसियतमा रहनेछ । यस्तै एमाले तेस्रो ठूलो दल भएको छ भने नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ ।

    २०७४ सालमा नयाँ संविधान जारी भएपछि भएको राष्ट्रिय सभा निर्वाचनबाट ५६ जना सदस्य निर्वाचित भएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए ।

    निर्वाचनपछि राष्ट्रियसभाका ५९ सदस्यहरूको कार्यअवधि गोला प्रथाबाट निर्धारण गरिएको थियो । उनीहरूको २, ४ र ६ वर्ष गरी ३ प्रकारको कार्यकाल तय गरिएको थियो । २ र ४ वर्ष कार्यकाल पूरा गरेकाहरू बिदा भइसकेका छन् भने ६ वर्ष कार्यकालको समय पाएका २० सांसदको आज बिदाइ हुन लागेको हो ।

    राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आज अपरान्ह ४ बजे बस्ने बैठकमा छ वर्ष कार्यकाल पूरा गरेका सदस्यहरूको बिदाइ कार्यक्रम राखिएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend