Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल ट्रेड युनियन आन्दोलनको ७७ औं स्थापना दिवस आयोजना हुने


२०, फागुन २०८०
  • 179
    SHARES
  • नेपाल ट्रेड युनियन आन्दोलनको ७७ औं स्थापना दिवस आयोजना हुने

    काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले  प्रत्येक वर्ष फागुन २१ गतेका दिनलाई नेपाली ट्रेड युनियन आन्दोलन स्थापना दिवसका रूपमा मनाउने घोषणा गरेको छ । पुतलीसडकस्थित आफ्नै केन्द्रीय कार्यालयमा आइतवार आयोजित पत्रकार सम्मेलन मार्फत जिफन्टले यस्तो घोषणा गरको हो ।

    जिफन्ट महासचिव लक्ष्मण शर्माले भोली २१ गते पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ७७ औं वार्षिकोत्सव समारोहको उद्घान गरिने जानकारी गराए । उनका अनुसार समारोहमा विभिन्न १६ देशका ट्रेड युनियन प्रनिधिहरूले भाग लिनेछन् ।

    २००३ साल फागुन २१ गते तत्कालीन वामपन्थी नेता मनमोहन अधिकारी र नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अगुवाईमा नेपालमा ट्रेड युनियन आन्दोलनको प्रारम्भ भएको बताउँदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले पछिल्लो समय यो आन्दोलन राजनीतिक अभीष्ट पुरा गर्ने माध्यम बन्दै गएको मा दुःख व्यक्त गरे ।

    ट्रेड युनियन आन्दोन वर्गीय हो । तर यसलाई राजनीतिक हिसाबले बिभाजित गरिँदैछ । श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । पछिल्लो समय ट्रेड युनियन आन्दोलन कमजोर बन्दै गएको स्वीकार्दै अध्यक्ष श्रेष्ठले यसको दोष वर्तमान सत्ता गठबन्धन भएको दावी गरे ।

    नेपालको ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाउन अहिलेको सत्ता गठबन्धनले नक्कली ट्रेड युनियनहरू खडा गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले जनाएको छ । जसका कारण वास्तविक श्रमिक वर्गको मुद्धा ओझेलमा परेको उनले बताए ।

    योगदानमा आधारित सामाजिक सुरक्षालाई फितलो बनाउने प्रयत्न भइरहेकोछ । अध्यक्ष श्रेष्ठले पत्रकार भेटघाटमा भने । उनले बैदेशिक रोजगारीलाई युवाहरूमा बाध्यात्मक बन्दै जानु ट्रेड युनियनहरू माथीको प्रहारको परिणाम भएको दावी गरे ।

    श्रमिजिवि वर्गका सवै खाले समस्यालाई समाधन गर्दे सुमधुर श्रम सम्वन्ध, औद्योगिक शान्ति र श्रमिकको सामाजिक आर्थिक रुपान्तरणमा लाग्न आफूहरू प्रतिवद्ध रहेको बताउँदै जिफन्टले अब हरेक बर्ष फागुन २१ गतेको दिनलाई मजदुरहरुको महान चाडको रुपमा मनाउने घोषणा पत्रकार सम्मेलनमा गरेको छ ।

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend