Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रचण्ड धोकेबाज रहेछन् : सभापति देउवा


२१, फागुन २०८०
  • 198
    SHARES
  • प्रचण्ड धोकेबाज रहेछन् : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ताबारे भोलि मात्र निर्णय गर्ने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई छाडेर नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णय लिएपछि कांग्रेस शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । 

    गठबन्धनको बैठकका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार बिहान ८ बजे पदाधिकारीसहित बालुवाटार जाने तयारीमा थिए । तर बालुवाटारबाट बैठक स्थगितको सूचना आयो ।

    लगतै सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का मात्र प्रधानमन्त्रीलाई भेट्न पुगे । भेटमा प्रधानमन्त्रीले कांग्रेस र माओवादी गठबन्धनलाई निरन्तरता दिन नसकिने निष्कर्षमा आफू पुगेको सुनाए ।

    कांग्रेस नेताहरुले किन भन्ने प्रश्न गरेका थिए । जवाफमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले कोशी प्रकरण, महासमिति बैठक लगायतका कारण देखाए ।

    लगत्तै देउवाले पदाधिकारीहरुसँग छलफल गरे । देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा उपसभापति खड्काले प्रधानमन्त्रीसँग भएको भेटबारे जानकारी गराए । प्रचण्डले किन गठबन्धन फेरे भन्ने विश्लेषण गरे ।

    प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहेको उनले स्वीकार गरे । तर आफूहरुले कांग्रेसका मन्त्री २ वर्षका लागि पठाएको हो भनेपछि गम्भीर रुपमा यो विषय कहिल्यै नउठाएको बताए । कोशी प्रदेशमा केदार कार्कीले एमालेसँग मिलेर सरकार बनाएपछि अठ्यारो परेको भनेर भनेको, तर डा. शेखर कोइरालाले बालुवाटारमा सहमति गरेसँगै ठीकै छ भनेर चित्त बुझाएको उनले बताए ।

    पार्टीको महासमिति बैठकमा भएका छलफल पनि बहाना मात्र भएको कांग्रेस नेताहरुको निष्कर्ष छ । ‘हामीले छलफल गरेपछि यो विषय पनि टुंगिसकेको थियो,’ खड्काले नेताहरुलाई भने, ‘हामी नियमित सम्वादमै छौं ।मन्त्री वा अरु कुनै कारण गठबन्धनलाई निरन्तरता दिन नसक्ने अवस्था आयो भनेर कहिल्यै भन्नु भएन ।’

    आज सोमबार बिहान बोलाएर कांग्रेससँगको गठबन्धनलाई निरन्तरता दिन नसक्ने भयो भनेको उनले सुनाए ।कांग्रेस सभापति देउवाले पनि गठबन्धनलाई बलियो बनाउन आफू हरसम्भव प्रयास गरेको बताए । 

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक भेट्न प्रस्ताव गर्दा समेत गठबन्धन तलमाथि होला कि भनेर आफूले टार्दै आएको भन्दै उनले भने, ‘प्रचण्डले धोका दियो ।’

    प्रधानमन्त्री प्रचण्डले अहिले गरेका तर्कहरु बहाना मात्र भएको भन्दै उनले भने, ‘अहिले नभए २र४ महिनापछि पनि धोका नै दिने रहेछ । धोकेबाज रहेछ ।’

    बैठकमा मन्त्रीहरुको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भएको थियो । तर प्रधानमन्त्रीले गठबन्धनको औपचारिक बैठक पनि नराखेको र मन्त्रीहरुको राजीनामा पनि नमागेकाले यसबारे हतारमा निर्णय नगर्ने सहमति भएको एक नेताले बताए ।

    ‘चुनाव अगाडि भएको गठबन्धनप्रति हामी अहिले पनि प्रतिबद्ध छौं । १० पुस २०७९ मा भत्किँदा पनि हामीले जोडेका थियौं,’ ती नेता भन्छन्, ‘प्रधानमन्त्री आफैं अर्को बाटो हिँड्नु भएकाले उहाँलाई नै यो कोर्स पुरा गर्न दिउँ भन्ने भएको छ ।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend