Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले-माओवादी गठबन्धन धेरै टिक्दैन : अर्थमन्त्री महत(भिडियोसहित)


२३, फागुन २०८०
  • 151
    SHARES
  • एमाले-माओवादी गठबन्धन धेरै टिक्दैन : अर्थमन्त्री महत(भिडियोसहित)

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कदमले अस्थिरता र अन्यौलता सिर्जना भएको बताउनुभएको छ ।

    मंगलबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उहाँले कांग्रेस–माओवादीको गठबन्धन टुट्दा मुलुकमा अन्यौलता र अस्थिरता सिर्जना भएको बताउनुभएको हो ।

    उहाँले माओवादी–एमाले गठबन्धन धेरै लामो समय नटिक्ने दाबी गर्नुभयो । एमालेसहितको बनेको नयाँ गठबन्धनमा बन्न नपाउँदै असन्तुष्टि सिर्जना भएको बताउनुभयो ।

    ‘हामी प्रतिपक्षमा छौं, प्रतिपक्षमा भएपनि मलाई के लाग्छ भने जुन दिशातर्फ प्रचण्डले उन्मुख गराउनुभएको छ, अस्थिरता र अन्यौलतातर्फ । यो उहाँको धेरै टिक्दैन ।’ उहाँले भन्नुभयो,

    ‘अहिले नै देखिइराखेको छ, हरेकले यो चाहियो, त्यो चाहियो, यो भएन भने हामी बस्दैनौं भन्ने कुरा बन्न पाएको छैन सुरुवात भएको छ । हामीले त त्यसमा कुनै भूमिका खेलेको छैनौं । हामी त चुप लागेर बसेका छौं । समस्या त सुरुमै देखिएको छ नि ।’

    माओवादीले गठबन्धन तोडेर आफूहरु प्रतिपक्षमा पुग्दा कांग्रेसलाई कुनै बेफाइदा नभएको बताउनुभयो । उहाँले कालान्तरमा प्रचण्डको यो निर्णयबाट उहाँलाई नैबेफाइदा हुने अर्थमन्त्री महतको दाबी छ । कांग्रेसले २०७९ मंसिरमा भएको आम निर्वाचनपछि दुई पटक यू टर्न लिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

    ‘कांग्रेस कुनै निरिह भएको छैन । यसले कांग्रेसलाई कुनै बेफाइदा भएको छैन । प्रचण्डले विश्वासमा काम गर्नुभएन । दुई पटकसम्म यू टर्न गर्नुभयो । यसबाट बेफाइदा कसैलाई छ भने उहाँलाई नै हुँदैछ,’– उहाँले भन्नुभयो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend