Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गठबन्धन तोड्ने प्रयासमा काँग्रेस


२३, फागुन २०८०
  • 112
    SHARES
  • गठबन्धन तोड्ने प्रयासमा काँग्रेस

    काठमाडौँ । वर्तमान सत्ता गठबन्धन तोड्न नेपाली काँग्रेसले प्रयास गरिरहेको छ । काँग्रेसले नेकपा एमाले र माओवादीसहितको गठबन्धनमा बनेको नयाँ सरकारको पक्षमा बहुमत पुग्न नदिन प्रयास गरिरहेको हो ।

    काँग्रेसले प्रधानमन्त्रीमा विभिन्न दलका नेताहरूलाई अफर गरेर वर्तमान गठबन्धन तोड्ने र नयाँ सरकारको पक्षमा बहुमत पुग्न नदिने प्रयास गरेको चर्चा चुलिएको छ ।

    काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको विषय मङ्गलवार दिनभर चर्चामा थियो । 

    यसै गरी बुधवार बिहानैबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको अफर गरेको चर्चा छ । तर, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रधानमन्त्रीमा कसैलाई पनि अफर नगरेको बताउनुभयो।

    उहाँले प्रधानमन्त्रीको अफर गरेको विषय अस्वीकार गरे पनि काँग्रेस स्रोतलाई उदृत गर्दै समाचारहरू आइरहेका छन् ।

    धोका दिएका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बन्न नदिने प्रयासमा काँग्रेस छ । धोका दिएका प्रचण्डलाई पाखा लगाउन काँग्रेसले राष्ट्रिय सभा अध्यक्ष पनि एमालेलाई नै अफर गरेको चर्चा छ । 

    काँग्रेस नेतृत्व निरन्तर अन्य दलसँगको संवादमा छ । सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । 

    यसै गरी काँग्रेसले नयाँ बनेको गठबन्धनमा सहभागी हुन हतार नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सन्देश पठाएको छ। प्रचण्ड गठबन्धनको सरकारमा सहभागी काँग्रेसले लिङ्देन र नेपाललाई पनि सन्देश पठाएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend