Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘रङ्गेली’को प्रिमियरका लागि दयाहाङ र मिरुना काठमाडौँमा


२४, फागुन २०८०
  • 204
    SHARES
  • ‘रङ्गेली’को प्रिमियरका लागि दयाहाङ र मिरुना काठमाडौँमा

    काठमाडौंँ । धेरै कलाकार आफु काठमाडौँ बाहिर भए फिल्मको प्रिमियरमा कमै उपस्थित हुन्छन् ।

    तर अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर भने फिल्म ‘रङ्गेली’को प्रिमियरका लागि रुकुमबाट आएका छन् । उनीहरू बुधबार साँझ राखिएको प्रिमियरका लागि मध्यान्न काठमाडौँ आएका हुन् ।

    दयाहाङ र मिरुनाको फिल्म ‘घर ज्वाँई’को छायाङ्कन केही सातादेखि रुकुममा चलिरहेको छ । बीग मुभिजमा आयोजना भयो प्रिमियरमा सहभागी हुन फिल्मको छायाङ्कन रोकेर आएका हुन् । दयाहाङले आफ्नो फिल्मको प्रिमियरमा कलाकारले जसरी पनि सहभागी हुनुपर्ने धारणा राखे । 

    प्रिमियरका कलाकार सहभागी हुँदामा निर्माण युनिटमा हौसला मिल्ने उनले बताए । ‘प्रिमिएरका लागि भनेर हामी मंगलबार राती ११ बजे रुकुमबाट हिँडेका थियौँ ।

    पोखराबाट भने प्लेनमा आयौँ,’ दयाहाङले भने ‘मिरुना २ दिनदेखि बिरामी छिन् । अनिदो अवस्थामा प्रिमियरमा आइपुगेका छौं ।’

    अभिनेत्री मिरुनाले आफ्नो फिल्म हलमा लाग्न लागेको भन्दै खुशी व्यक्त गरिन् । फिल्मले दर्शकको मन जित्ने उनको विश्वास रहेको छ ।

    साँझ ४ः३० भनिएको प्रिमियर प्राविधिक कारणले बेलुकी ८ बजे मात्र सुरु हुन पुगेको थियो । फिल्मको अवधि ३ घण्टा भएको प्रिमियर मध्य रातमा मात्र सकियो ।

    फिल्मको प्रिमियरमा सहभागी भएर दयाहाङ र मिरुना बिहीबार बिहानै रुकुमतर्फ लागेका छन् । फिल्म ‘घर ज्वाँई’को छायाङ्कनलाई निरन्तरता दिन उनीहरू त्यसतर्फ लागेका हुन् ।

    फिल्म ‘रङ्गेली’मा दयाहाङ र मिरुनाको मुख्य भूमिका छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा अर्पण थापा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको समेत अभिनय छ । 

    फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता, विवेक खड्का (योलो) एशोसियट निर्माता रहेका छन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend