Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल


३०, फागुन २०८०
  • 205
    SHARES
  • नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

    काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र भूमिकाबाट पनि दर्शकमाझ परिचित कलाकारमा पर्नुहुन्छ । 

    कैयन नाटकमा काम गर्दा प्राप्त गर्न नसकेको अपेक्षाकृत व्यवसायिक सफलता उहाँले ‘लुट’लगायतका चलचित्रबाट पाउनुभयो ।

    चलचित्र लुटमा निर्वाह गरेको ‘हाकु काले’को भूमिकाले उहाँको परिचय नै फेरिदिएको थियो । त्यसैले त अझै पनि कैयन दर्शकहरु अझै उहाँलाई हाकुकालैकै नामले पनि चिन्छन् । ‘हाकु काले’ उहाँलाई ‘मास’मा परिचित गराउने पात्र समेत बन्यो । 

    त्यसबाहेक चलचित्र कागबेनी, कथा, फिटकिरी, बधशालालगायतमा गरेको अभिनयले उहाँलाई उम्दा अभिनेताका रुपमा बलियो गरी स्थापित गरिदियो ।

    मल्लले आकाश अधिकारीद्वारा निर्देशित चलचित्र ‘रणभूमि’ मा पहिलो पटक अभियन गर्नुभएको थियो । त्यसपछि चलचित्र ‘दाग’, ‘पक्षी’ जस्ता चलचित्रमा काम गर्नुभयो । 

    चलचित्रमार्फत व्यवसायिक सफलता मिले पनि यस क्षेत्रमा उहाँको जग बलियो बनाउने काम भने रङ्गमञ्चले ग¥यो । उहाँलाई यहाँसम्म ल्याउन रङ्गमञ्चको भूमिका ठूलो भएको धेरैको भनाइ छ । उहाँलाई अझै पनि रङ्गमञ्चकै कलाकारका रुपमा चिन्नेको जमात पनि ठूलै छ । 

    रङ्गमञ्चमा लामो समय बिताउनुभएका उहाँ  पछिल्लो समय चलचित्रमा व्यस्त हुनुहुन्छ ।  त्यसैले त चाहेर पनि रङ्गमञ्चमा फर्कन पाउनुभएको छैन । यद्यपि रङ्गमञ्चमा फर्कने चाहना भने लामो समयदेखि भएको उहाँको भनाइ छ । 

    “नाटकमा फर्किने योजना बनिरहेको छ । पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन, तर विविध कारणले त्यो पूरा भएको छैन”, उहाँले भन्नुभयो, “केही साथीसँग चलचित्रमा काम गर्ने र त्यसलाई नै नाटकका रुपमासमेत प्रस्तुत गर्ने तयारी पनि भएको थियो ।”

    पात्रको भूमिकाबाट पनि चर्चा कमाए पनि उहाँलाई यदाकदा एकै किसिमको भूमिकामा देखिने गरेको आरोप पनि पनि नलागेको होइन । तर उहाँ भने यसबारे आफू जानकार र सचेत रहे पनि आफूले मेहनतमा कुनै कमजोरी नगरेको बताउनुहुन्छ । 

    “हामी अभिनेताले हरेक पात्रलाई फरक बनाउने कोसिस गरिरहेका हुन्छौँ । तर, हामीबाट पर्दामा के ल्याउन खोजेको भन्ने विषयमा निर्देशक स्पष्ट हुनुपर्छ । हामीले प्राप्त गरेको पात्रको भूमिका निर्वाह गरिरहेका हुन्छौँ, त्यो के कस्तो हुँदैछ भन्ने निक्यौल गर्ने र निर्णय गर्ने पहिलो दर्शक निर्देशक नै हुनुहुन्छ”, अभिनेता मल्लले भन्नुभयो । 

    लगातार चलचित्रमा अभिनय गर्दा आफू पनि पात्रकै जीवन जिउने गरेको पनि उहाँको अनुभव छ । उहाँ केही विश्राम गरेर काम गर्न सके नयाँ पात्र प्रस्तुत हुनुका साथै अभिनयमा ताजगी ल्याउन सकिने सोचमा हुनुहुन्छ ।सोहीअनुसार आगामी दिनमा उहाँले चलचित्रमा काम गर्ने तालिका समेत बानाउनुभएको छ ।

    “पात्र तयार गर्न शारीरिकभन्दा पनि मानसिक रुपमा तयार हुनुपर्छ । र, यसका लागि समय चाहिन्छ”, उहाँले भन्नुभयो, “शारीरिक रुपमा तयार हुन समस्या नभए पनि मानसिकरुपमा तयार हुन समय चाहिन्छ ।”

    उहाँले मैले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘अगस्त्य’का लागि २० किलो तौल घटाएर फेरि बढाउनुभएको थियो । “त्यसका लागि मैले चार महिना अगाडि नै अन्य चलचित्रको छायाङ्कनमा खानपिनमा ध्यान दिएँ । तर मलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन निकै समय लाग्यो”, उहाँले भन्नुभयो ।

    लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेश र आफ्ना भोगाइलाई समावेश गरेर पात्रलाई तयार गर्ने गरेको उहाँको भनाइ छ । उहाँलाई पात्रबाट निस्किन समय चाहिन्छ । जसका लागि एउटा काम र अर्कोकामबीच केही समय विश्राम गर्ने तयारी समेत अभिनेता मल्लले गर्नुभएको छ । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend