Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ बुधबारदेखि


३, चैत २०८०
  • 231
    SHARES
  • नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ बुधबारदेखि

    काठमाडौँ । नेपालस्थित ‘द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपाल’को आयोजनामा बुधबारदेखि काठमाडौँमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुँदैछ ।

    ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष : सांस्कृतिक विविधताको उत्सव’ नारासँगै १३औँ संस्करणको उक्त महोत्सव यही चैत ७ देखि १० गतेसम्म हुन लागेको हो ।

    “युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटिक सिर्जनशीलता नेपाली दर्शकसँग आदानप्रदान गर्न पाउँदा म अत्यन्त हर्षित छु”, नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा जोएल इभोनेटले भन्नुभयो । 

    मार्टिन म्याकडोनागले निर्देशन गर्नुभएको चलचित्र ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र ‘डाय ड्रिम्स’ प्रदर्शन गर्दै सुरू गरिने उक्त महोत्सवमा एउटा नेपाली र युरोपियन गरी दुई चलचित्र प्रदर्शन गरिने छन् । महोत्सव अवधिभर नौ युरोपियन र ११ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । 

    महोत्सवमा युरोपियन चलचित्रतर्फ मार्टिन म्याकडोनागले निर्देशन गर्नुभएको ‘द ब्यानशीस अफ इनीशेरीन’, मेरियन ब्लिचरले निर्देशन गर्नुभएको ‘मिस भिर्बोग’, इम्यानुएल प्रभुले निर्देशन गर्नुभएको ‘मिकादो’, पिलर पालोमेरोले निर्देशन गर्नुभएको ‘स्कुल गर्ल्स्, एन्टोनियो लुकीचले निर्देशन गर्नुभएको ‘लक्जेम्बर्ग लक्जेम्बर्ग’, इभान ओस्ट्रोचोभ्स्कीले निर्देशन गर्नुभएको ‘सरभेन्टस’, भिक्टर बोजिनोभलले निर्देशन गर्नुभएको ‘द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड’, जाइदा बरग्रोथले निर्देशन गर्नुभएको ‘टोभ’ र रोड्रिगो सोरोगोएनले निर्देशन गर्नुभएको ‘द बीस्ट’ प्रदर्शन गरिने छन् ।

    महोत्सवमा नेपाली चलचित्रतर्फ शान्ता नेपालीले निर्देशन गर्नुभएको ‘डाय ड्रिम्स’, गोपाल आचार्यले निर्देशन गर्नुभएको ‘डिभिनेसन’ (आखत), समाल बज्राचार्यले निर्देशन गर्नुभएको ‘हावाम्यान’, निमा गेलु शेर्पाले निर्देशन गर्नुभएको ‘काठमाडौँ मनसुन’, अतिन श्रेष्ठले निर्देशन गर्नुभएको ‘मखमली उडान’, रजिन महर्जनले निर्देशन गर्नुभएको ‘लेट्स टक् पिरियड’, मिराज रोशन ठकुरीले निर्देशन गर्नुभएको ‘रातो पछ्यौरी’, आकाङ्क्षा कार्कीले निर्देशन गर्नुभएको ‘सनाई’, स्वोयन मास्के मानन्धरले निर्देशन गर्नुभएको ‘द बुल, द काउ, द काल्फ’, सन्तोष दाहालले निर्देशन गर्नुभएको ‘द मिराज’ र अनिल कुर्मीले निर्देशन गर्नुभएको ‘रिल’ प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend