Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अभिनेता खड्का र अभिनेत्री बराइलीको भूमिकामा ‘सिड्नी ब्लुज’ बन्ने 


४, चैत २०८०
  • 201
    SHARES
  • अभिनेता खड्का र अभिनेत्री बराइलीको भूमिकामा ‘सिड्नी ब्लुज’ बन्ने 

    काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री अञ्जना बराइलीलाई शीर्ष भूमिकामा लिएर शंकर कार्कीले फिल्म ‘सिड्नी ब्लुज’ निर्देशन गर्ने भएका छन् । यी दुई कलाकारसँग यसै साता लिखित सहमति भएको प्रेषित विवरणमा उल्लेख छ ।

    प्रि–प्रोडक्सन चरणमा रहेको फिल्मको छायांकन जुनदेखि सुरु हुने बताइएको छ । आफ्नो देशको सम्भावना त्यागेर विदेशमा जीवन बिताउने चाहना बोकेका वर्तमान युवाको कथावस्तुमा फिल्म बन्न लागेको हो ।

    ‘अष्ट्रेलियामा बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । ती युवकको कथा यो फिल्ममार्फत भन्ने प्रयास गर्नेछु,’ निर्देशक कार्कीले कथाबारे भने ।

    छायांकन नेपाल र अष्ट्रेलियामा हुने जनाइएको छ । नेपाली फिल्ममा कमै प्रयोग हुने मिनेचर सेट र प्रोस्थेटिक मेकअपलाई यसमा प्रयोग गर्न निर्माताको तयारी छ ।

    अभिनेता खड्काले यो फिल्ममा आफू चार स्वरुपमा देखिने र यसलाई चित्रण गर्नु चुनौतीपूर्ण हुने बताए । किरण घिमिरेको पटकथा, सुशन प्रजापतिको छायांकन र कुटुम्ब ब्याण्डको ब्याकग्राउण्ड स्कोरमा फिल्म बन्न लागेको हो ।

    आर्ट मुभिजको प्रस्तुतिमा डी मिडियाको ब्यानरमा बन्ने फिल्मको प्रदर्शन सन् २०२४ को डिसेम्बरमा हुने जनाइएको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend