Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सातौँ निफमा ‘बुलाकी’ लाई उत्कृष्ट फिल्मको अवार्ड


६, चैत २०८०
  • 137
    SHARES
  • सातौँ निफमा ‘बुलाकी’ लाई उत्कृष्ट फिल्मको अवार्ड

    काठमाडौँ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नेपाली फिल्म ‘बुलाकी’ ले तीन महत्वपूर्ण अवार्ड हात पारेको छ ।

    सोमवार सम्पन्न महोत्सवमा बुलाकीले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री तथा उत्कृष्ट फिल्म गरी तीन अवार्ड हातपारेको हो ।

    लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त तथा नरेन खड्का मुख्य भूमिकामा छन् । बुलाकीले एक लाख नगद पुरस्कारको उत्कृष्ट फिल्म अवार्ड हात पार्दा अर्को नेपाली फिल्म ‘एक भागवत: एक गीता’ ले उत्कृष्ट छायांकन तथा उत्कृष्ट अभिनेताको अवार्ड पायो । उत्कृष्ट पटकथाको अवार्ड फिल्म ‘डेसान’ ले पाएको छ ।

    नेपाली चलचित्रतर्फ ‘एक भागवतः एक गीता’ बाट राजेश श्रेष्ठ तथा संकल्प भुजेल सर्वश्रेष्ठ छायाँकार तथा विपिन कार्कीले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जित्न सफल भएका छन् । महोत्सवमा फिल्म ‘डेसान’ का कमल इक्छाइ मगर सर्वोत्कृष्ट पटकथा लेखक बन्न सफल भएका छन् 

    सुरक्षा पन्त (बुलाकी) र विपिन कार्की (एक भागवत: एक गीता) उत्कृष्ट अभिनेत्री तथा अभिनेताको रुपमा पुरस्कृत हुँदा अन्तर्राष्ट्रिय तर्फ गौतम बुद्ध उत्कृष्ट न्यारेटिभ फिचर फिल्मको अवार्ड रजनी बासुमात्री निर्देशित भारतीय फिल्म वाइल्ड स्वनले जितेको छ ।

    त्यस्तै अन्तर्राष्ट्रिय तर्फ इभान जोभिक निर्देशित सर्बियन फिल्म लजारुस पाथ उत्कृष्ट फिल्म बन्न सफल भएको छ भने उत्कृष्ट डकुमेन्ट्रिको माउन्ट एभरेस्ट अवार्ड पोर्चुगलको लभ लाइट्सले हात पारेको छ । जिजाओ निर्देशित चाइनिज फिल्म द ट्रेकर, द वल्फ एण्ड द मंकीकिङले स्पेशल मेन्सन अवार्ड हात पारेको छ ।

    इनुमा राई निर्देशित जर्ना उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्रि बन्दा किरण श्रेष्ठ निर्देशित येट अनोदर विन्टरले उत्कृष्ट सर्ट फिल्मको अवार्ड पाएको छ ।

    त्यस्तै अन्तर्राष्ट्रिय तर्फको उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड इजिप्टको आइ प्रमिस यु पाराडाजले पाएको छ । जसको निर्देशक मोराद मोस्ताफा रहेका छन् ।

    चैत १ गते सुन्धाराको सिभिल मलस्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा उद्घाटन भएको महोत्सव ५ गते सोमवार सोही ठाउँमा समापन भएको हो ।

    पाँच दिनसम्म छाया सेन्टर, सिभिल मल, लबिम मल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन गरिएको महोत्सव आनि छोइङ डोल्मामाथि बनेको डकुमेन्ट्री मिसन इम्पोसिबल प्रदर्शन गरेर सुरुवात भएको थियो ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend