Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

न्यायपालिकामा विचौलियाको गतिविधिमा निगरानी: प्रधानन्यायाधीश कार्की


३२, जेठ २०८०
  • 264
    SHARES
  • न्यायपालिकामा विचौलियाको गतिविधिमा निगरानी:  प्रधानन्यायाधीश कार्की

    काठमाण्डाैँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।

    संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताएका हुन । उनले न्यायपालिकामा हुनसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यहरूप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने जिकिर गरे । कार्कीले न्यायपालिकामा सदाचारयुक्त व्यवहारलाई प्रोत्साहन गर्नुका साथै विचौलियाको गतिविधि निगरानी र नियन्त्रणमा ध्यान दिइने बताए । 

    उनले बिकृति न्युनिकरण स्म्बन्धी र अटामेसन सम्बन्धी समितिको नेतृत्व गर्ने कार्यभार सम्हालेको उल्लेख गरे । उनले न्यायपालिकामा रहेर ५ हजार भन्दा बढि मुद्दाको फैसला गरेको जानकारी दिए ।

    समितिको बैठकमा कार्कीलाई प्रश्न सोध्ने र जवाफ माग्ने कार्यक्रम शुक्रबार बिहान ८ बजे तय गरिएको छ । कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका थिए । 

     

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend