Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै


२७, चैत २०८०
  • 125
    SHARES
  • कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

    काठमाडौँ– नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा आजको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

    सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनका लागि पटक पटक आवाज उठाउँदै आए पनि सरकारले इन्कार गरेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने रणनीति बनाउने तयारी गरेको छ ।

    यसअघिको प्रतिनिधिसभा बैठकमा कांग्रेसले आजको संसद बैठक अघि समिति गठन नगरे संसद चल्न नदिने चेतावनी दिइसकेको छ । संसद बैठकलाई बिना अवरोध सञ्चालन गर्ने विषयमा हिजो सभामुखले बोलाएको कांग्रेस, एमाले, माओवादी र रास्वपाका शीर्ष नेता सहभागी बैठकमा सत्तापक्ष र विपक्ष आआफ्नै अडानमा रहँदा छलफल निष्कर्षविहीन बनेको थियो ।

    सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा यथावत छ भने सत्तापक्ष समितिको आवश्यकता नभएको बताउँदै आएको छ ।

    सत्ता पक्ष र विपक्षीबीच कुरा नमिल्दा आजको संसद बैठकमा कांग्रेसले आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने चासोको विषय बनेको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend