Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय सभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता


२७, चैत २०८०
  • 118
    SHARES
  • राष्ट्रिय सभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता

    काठमाण्डौ – राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ । मनोनयन दर्ता कार्यक्रम नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुनेछ ।

    संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था गरेको छ । अध्यक्ष नारायण दाहाल रहेकाले संवैधानिक व्यवस्थाअनुसार दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला उम्मेदवार तय गर्नुपर्नेछ । राष्ट्रिय सभामा अहिले ५८ सदस्य छन् । माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक-एक तथा दुई जना मनोनीत सदस्य छन् ।

    माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनमा एमाले, एकीकृत समाजवादी र जसपा नेपालबिच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनेबारे सहमति जुटाउने प्रयास भैरहेको छ । गठबन्धनमा सहभागी दलको ३७ मत छ । जुन बहुमतका लागि पर्याप्त हुनेछ ।

    निर्वाचन तालिका अनुसार आज दर्ता भएका प्रस्तावको सूची आजै प्रकाशन गरिनेछ । दर्ता भएका प्रस्तावलाई राष्ट्रिय सभाको भोलि बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ । गएको १५ गते राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको थियो । माओवादी केन्द्रकी सांसद अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

    पछिल्लो पटक सत्ता समीकरण बदलिएसँगै माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो । तर राष्ट्रिय सभा उपाध्यक्षमा एकीकृत समाजवादीले पनि दाबी गर्दै आएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend