Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रियसभामा आज उपाध्यक्षका लागि निर्वाचन हुँदै


२८, चैत २०८०
  • 135
    SHARES
  • राष्ट्रियसभामा आज उपाध्यक्षका लागि निर्वाचन हुँदै

    काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।

    संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षका लागि निर्वाचन हुनेछ ।

    जसका लागि राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले ‘बिष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।

    यस्तै, सांसद भगवती न्यौपानेले ‘विमला घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।

    त्यसपछि बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    जुन प्रस्ताव बहुमतले पारित हुन्छ सोही प्रस्तावका उम्मेदवार विजयी हुनेछन् । राष्ट्रियसभामा हाल ५८ जना सांसद छन् । एकजना भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।

    राष्ट्रियसभा सदस्यमा पुडासैनी नेपाली कांग्रेसबाट र घिमिरे सत्ता गठबन्धनमा एमालेका तर्फबाट उम्मेदवार रहेका छन् ।

    यस्तै आजको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाबाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले जानकारी गराउने छन् ।

    संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षका लागि निर्वाचन हुनेछ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend