Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्थानीय तहकै स्रोतबाट मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्न परिपत्र


२८, चैत २०८०
  • 143
    SHARES
  • स्थानीय तहकै स्रोतबाट मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्न परिपत्र

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहकै स्रोतबाट मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

    आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उपनिर्वाचन हुने जिल्लाका स्थानीय तहलाई परिपत्र गरेको हो ।

    स्थानीय तहका वडामा निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा शिक्षा स्वयंसेवकलाई सम्बन्धित स्थानीय तहको स्रोतबाट खर्च व्यहोर्ने गरी प्रतिव्यक्ति प्रतिदिन एक हजारका दरले जम्मा सात हजार पारिश्रमिक उपलब्ध गराउन परिपत्र गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    आगामी वैशाख १५ गते इलाम र बझाङमा हुन गइरहेको उपनिर्वाचनको निर्वाचन क्षेत्र भित्र रहेका सम्बन्धित स्थानीय तहका वडामा मतपत्रमा छाप लगाउने सही तरिका सम्बन्धी जानकारी गराउन आगामी वैशाख पाँच गतेदेखि ११ गतेसम्म प्रत्येक वडामा दुई जनाका दरले मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने निर्णय गरिसकेको छ ।

    वडा तहमा परिचालन हुने मतदाता शिक्षा स्वयंसेवकका लागि स्थानीय तहमा २०८१ वैशाख दुई र तीन गते सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend