काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
राष्ट्रिय सभामा बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी थिइन्
लगत्तै राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष पद तथा तथा गोपनीयताको शपथ लिएकी छन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो ।