Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भवन बनाउन तरुण दलको तेस्रो चरणको चन्दा संकलन


२९, चैत २०८०
  • 123
    SHARES
  • भवन बनाउन तरुण दलको तेस्रो चरणको चन्दा संकलन

    काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि तेस्रो चरणको चन्दा संकलन गरेको छ ।

    आज १४ लाख ९५ हजार ९९८ रुपैयाँ सहयोग जुटेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए । 

    सहयोग गर्नेहरू केन्द्रिय सदस्य अशोककुमार झाले २ लाख, दिनेश लामाले २ लाख, कुमार अधिकारीले २ लाख २० हजार, जित क्षेत्रीले २ लाख, सुजन थापामगरले २ लाख सहयोग गरेका छन् । 

    त्यसैगरी, पुष्पराज बस्नेतले २ लाख र ऋतु ज्ञम्दान तामाङले एक लाख ८ हजार ८८८ सहयोग गरेका छन् । त्यस्तै, अम्बिका देवी बाँस्कोटाले एक लाख ११ हजार ५५५, र कृष्ण प्रसाद खरेलले  ५५ हजार ५५५ सहयोग गरेका छन् ।

    केन्द्रीय कार्यसमितिको चैत १५ र १६ गते बसेको बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो । सो निर्णय बमोजिम आज दोस्रो चरणको सहयोग जुटेको अध्यक्ष गुरुङले जानकारी दिए । 

    पहिलो चरणमा केन्द्रीय सदस्यहरु रमेश गौतमले २ लाख ६० हजार १०५, नवीन राईले २ लाख ५५ हजार, सरोजबहादुर शाहीले २ लाख ११ हजार १११, रत्न महर्जनले २ लाख १ हजार, दिपेन्द्र खड्काले २ लाख २२ हजार २२२, रिता परियारले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका थिए । 

    त्यस्तै, केन्द्रीय सदस्यहरू सुजन घिमिरे, सरिन घिमिरे, सौरभ केसी र कुलध्वज तामाङले २–२ लाख रुपैयाँ सहयोग गरेका छन् । भवन निर्माणका लागि रविभवनमा स्थानीय मैयादेवी श्रेष्ठबाट जग्गा उपलब्ध भइसकेको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend