Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वैशाख ५ गतेसम्ममा १० जनाविरुद्ध भ्रष्टाचार मुद्धा


६, वैशाख २०८१
  • 213
    SHARES
  • वैशाख ५ गतेसम्ममा १० जनाविरुद्ध भ्रष्टाचार मुद्धा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख ५ गतेसम्ममा १० जना उपर गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ ।

    जिल्ला मुगु, खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजीव रिमालसमेत पाँच जना उपर गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर भएको हो ।

    रिमालले जिल्ला मुगु, सोरु गाउँपालिका वडा नम्बर ५ स्थित नेर सिँचाइ आयोजनाको पाइपलाइनको काममा झुट्टा नापी किताब, पहिलो र दोस्रो बिल स्वीकृत गरी ५ लाख ६१ हजार रुपैयाँ बढी भुक्तानी गरी उपभोक्ता समितिलाई गैर कानुनी लाभ र सरकारलाई हानि नोक्सानी पुर्‍याएको हुँदा पाँच लाख एकसट्ठी हजार चार सय एकासी रुपैंया पन्चानब्बे पैसा बिगो कायम गरी कैद र जरिवाना गरी बिगो असुलउपर हुन माग दाबी लिइएको छ ।

    सम्बन्धित समाचार : खानेपानी कार्यालयका प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जना उपर गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरिएको छ ।

    सामाजिक विकास कार्यालयबाट विनियोजित रकमबाट ठूलीभेरी नगरपालिका ३ स्थित दुनै सदरमुकाममा खेलकुद मैदान निर्माणको कार्य लागत अनुमान र सम्झौतामा उल्लिखित कामभन्दा कम काम गरी गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र बिल भरपाई तयार पारी नौ लाख त्रियानब्बे हजार नौ सय चालीस रुपैयाँ असी पैसा बराबरको झुट्टा बिल भरपाई बनाई गैर कानुनी लाभ र हानी पुर्‍याउने बदनियतले भुक्तानी दिने–लिने काम गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

    सम्बन्धित समाचार : सामाजिक विकास कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    त्यसैगरि, आयोगले जिल्ला कैलाली, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई भने रकमसहित नियन्त्रणमा लिएको छ । पाललाई बुधबार अख्तियारले घुससहित रंगेहात पक्राउ गरेको हो ।

    अधिकृत पालले तटबन्ध निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालञ्जबाट खटिई गएको टोलीले पाललाई सेवाग्राहीबाट एक लाख २० हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको एक हजार पाँच रुपैयाँ समेत गरी जम्मा एक लाख एक्काइस हजार पाँच रुपैयाँसहित जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ बाट ५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित समाचार : अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौँमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा भएका फैसला मध्ये गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार वैशाख ४ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend