Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेश : जसपाका मन्त्रीद्धारा राजीनामा, समर्थन कायमै


९, वैशाख २०८१
  • 235
    SHARES
  • लुम्बिनी प्रदेश : जसपाका मन्त्रीद्धारा राजीनामा, समर्थन कायमै

    भालुवाङ । जनता समाजवादी पार्टीबाट लुम्विनी सरकारमा बाहिरिएको छ ।

    जसपाबाट सरकारमा सहभागी कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले सरकारबाट बाहिरएको घोषणा गरेका छन । मन्त्री अहिरले मन्त्री पदबाट राजिनामा दिंदै सरकारबाट बाहिरएको घोषणा गरेका हुन ।
     
    मुख्यमन्त्री जोखबहादुर महराले दुई वटा मन्त्रालय दिने सात बुँदे लिखित सहमति गरेपनि पछिल्लो समय उक्त सहमित उल्लंघन गरेको भन्दै सरकारबाट फिर्ता हुने निर्णय गरेको जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष असोककुमार यादवले जानकारी दिए ।

    सरकारवाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने अध्यक्ष यादवले बताए । मन्त्री अहिरले पार्टीको निर्णय अनुसार आफूले राजीनामा दिएको बताए । 

    मुख्यमन्त्री र गठबन्धनका दलहरुले सहमति उल्लंघन गरेर गठबन्धनको मूल्य मान्यता र मर्म विपरीत गएकाले नैतिकता सिकाउन आफूहरु सरकार बाहिर रहेर पनि समर्थन गर्ने अहिरले बताए । जसपाका ३ सांसद छन् । यदि जसपाले समर्थन फिर्ता लिए ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ । यद्यपी सरकारको स्थिरतामा भने अन्योलता पैदा भएको छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend