Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जसपाले अलि हतार निर्णय गरेको छ: स्वास्थ्यमन्त्री पुन मगर


१०, वैशाख २०८१
  • 296
    SHARES
  • जसपाले अलि हतार निर्णय गरेको छ: स्वास्थ्यमन्त्री पुन मगर

    देउखुरी - लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री एवं लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले जनता समाजवादीले लुम्बिनी प्रदेश सरकारबाट राजनीनामा दिने विषय हतारो भएको बताउनुभयो ।

    उहाँले यस्तो विषयमा सत्ता साझेदार दलहरु सबै गम्भिर हुनु पर्ने बताउनुभयो । लुम्विनी प्रदेश सरकारका प्रवक्ता दीपेन्द्र कुमार पुनमगरले सरकार भनेको सबै सत्ता साझेदारहरु दलको समान दायित्व भएकाले गर्दा सबै जिम्मेवार बन्नु पर्ने बताउनुभयो ।

    उहाँले त्यही मन्त्रालय र सरकारको दीगो पनाका लागि काठमण्डौँ मुख्यमन्त्री गएको बेला नै यस्तो निणर्य गर्ने विषय भनेको दुखद भएको बताउँदै मुख्यमन्त्री काठमाण्डाैबाट आएपछि छलफलबाट अगाडि जान सकिने बताउनुभयो । उहाँले भन्नुभयोः-“यो सरकार सबैको हो, यसलाई सफल बनाउने जिम्मेवारी हे, यसमा कसैले दिने र लिने भन्ने प्रश्न नै आउँदै त्यसले यसलाई छलफलबाट हल गर्न सकिन्छ यसबाट भागेर हुँदैन । ”

    उहाँले आपसी सहमति, समझदारीबाट टुङगो लगाउने र हालको निणर्यमाथी जसपाले पुन विचार गर्नेमा सरकारले विश्वास समेत गरेको छ । यस विषयमा जसपाका नेता अशोक यादवले आफूहरुलाई सरकारमा सम्मान जनक सहभागीता भएको र सहमति अनुसार २ वटा मन्त्री नदिएको भन्दै यस्तो निणर्य गरेको बताउनुभयो ।

    यस विषयमा मुख्यमन्त्री जोखबहादुर महरा शिर्षस्थ नेताहरुसँगको भेटगाटपछि काठमाण्डौँबाट ११ गते फर्केपछि सबै विषयमा टुङ्गो लगाउन सकिने गरी तयारी भएको समेत प्रवक्ता पुनमगरले बताउनुभयो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend