Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अग्नि सापकोटाविरुद्ध मुद्दा हेर्दाहेर्दैमा, अब २३ जेठमा सुनुवाइ हुने


१२, वैशाख २०८१
  • 112
    SHARES
  • अग्नि सापकोटाविरुद्ध मुद्दा हेर्दाहेर्दैमा, अब २३ जेठमा सुनुवाइ हुने

    काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले २३ जेठमा सुनुवाइ गर्ने भएको छ ।

    बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

    अब यो मुद्दामा २३ जेठमा सुनुवाइ हुने सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

    सशस्त्र युद्धको समयमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या भएको घटनामा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटासहित माओवादी नेता कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर लामो समयसम्म प्रहरीले जाहेरी नै लिन मानेन । सर्वोच्च अदालतले २२ फागुन २०६४ मा आदेश दिएपछि मात्र जाहेरी दर्ता भएको थियो

    तर सापकोटाविरुद्ध प्रहरीले जारी गरेको पक्राउ पुर्जी तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले तामेलीमा राख्ने निर्णय गरेको थियो ।

    सरकारको उक्त निर्णयविरुद्ध लामाकी पत्नीले सर्वोच्च अदालतमा २०६९ मंसिर ७ गते दिएको रिट संवैधानिक इजलासमा विचाराधीन छ ।

    सापकोटा जोडिएको उक्त मुद्दामा मानव अधिकारकर्मी सुशील प्याकुरेलसमेतले प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिट पनि सर्वोच्च अदालतले एकसाथ राखेर सुनुवाइ गरेको छ ।

    त्यस्तै अग्नि सापकोटाले कनकमणि दीक्षितविरुद्ध दिएको अदालतको अवहेलना मुद्दा पनि यी मुद्दाहरुसँगै सुनुवाइ भइरहेको छ ।

    यो मुद्दा २०७२ चैत २२ गते तत्कालिन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रले संवैधानिक इजलासले हेर्ने आदेश गरेका थिए ।

    त्यसपछि संवैधानिक इजलासमा १५ पटक भन्दा बढी पेशी तोकिए पनि कहिले हेर्न नभ्याइने र कहिले हेर्न नमिल्ने भनी मुद्दा सरेको स¥यै भइरहेको छ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend