Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ


१५, वैशाख २०८१
  • 206
    SHARES
  • निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ

    काठमाडौँ । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित हुनुहुन्छ ।

    उहाँले निर्देशन गर्नुभएको चर्चित नाटक हो ‘डिग्री माइला’ । त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रुपमा प्रदर्शनरत छ ।

    नाटक निर्देशनकै बेला उहाँले शैक्षिक बेरोजगारीको कथालाई रोज्नुभएको थियो । डिग्री माइलामार्फत पनि सामाजिक, शैक्षिक र राजनीतिक विषयमा व्यङ्ग्य गरिएको उहाँले बताउनुभयो ।

    “हामीले तयार गरेको डिग्री माइला गाउँमा देखेको पात्रकै प्रतिनिधित्व हो किनकि उनीहरू आफूभन्दा अघिल्लो पुस्तासँग घुलमिल हुन सक्दैनन् र नयाँसँग विचार  मिल्दैन”, उहाँले भन्नुभयो, “त्यसैकारण माइलामार्फत कथा भन्न मन लागेको हो । नाटक बन्दा नै यसलाई ठूलो पर्दामा ल्याएर धेरै दर्शकलाई देखाउनुपर्छ भन्ने लागेको थियो ।”

    डिग्री माइला शीर्षकमा चलचित्र बन्ने चर्चा चल्दा धेरैले अभिनेता राईले निर्देशन गर्नुहुन्छ भन्ने अनुमान गरेका थिए तर उहाँले नाटक निर्देशन गर्नुभएता पनि चलचित्र निर्देशन गर्नुभएन । यद्यपि उहाँलाई चलचित्र निर्देशन गर्ने चाहना भने छ ।

    “यो निर्देशन गरौँ भन्ने सोच आएको थिएन । अहिले म अभिनयमै व्यस्त छु, त्यसैले समय पनि व्यवस्थापन गर्न सहज हुँदैन । यद्यपि मैले केही फरक र भन्नै पर्ने कथा भेटेँ भने दुई चलचित्र निर्देशन गर्छु”, अभिनेता राईले भन्नुभयो ।

    उहाँले चलचित्र निर्देशन गर्नुभयो भने आफूले जानेको कुरा प्रयोग गर्ने योजनामा हुनुहुन्छ । रङ्गमञ्चमार्फत चलचित्रमा प्राप्त गरेको सफलताले उहाँको चलचित्रमा व्यावसायिक र कलात्मकमध्ये कुन पाटो हाबी हुन्छ भन्ने कौतुहलता स्वाभाविक छ । 

    उहाँले भन्नुभयो, “मैले चयन गर्ने विषयले मलाई कलात्मक वा व्यावसायिक के बनाउँछ भन्ने निर्धारण गर्छ । किनकि कथालाई कसरी देखाउँदा प्रभाकारी हुन्छ भन्ने विषयले नै निर्देश गर्छ । त्यसकारण अहिले त्यस विषयमा धेरै सोचेको छुइन, मप्रति अपेक्षा छ भन्नेमा ज्ञात छु ।”

    उहाँले डिग्री माइलाजस्तो व्यावसायिक चलचित्रसँगै ‘गाउँ आएको बाटो’ र ‘राजागञ्ज’ जस्ता कलात्मक चलचित्रमा अभिनय गर्नुभएको छ । उल्लिखित चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता पाउनाका साथै केहीमा पुरस्कार समेत जितिरहेका छन् ।

    उहाँ अभिनित ‘जारी’ मा लिम्बू समुदायको कथा, ‘दयारानी’ मा गुरुङ समुदायको कथा थियो । अब प्रदर्शन हुने भनिएको ‘घर ज्वाईं’ मा मगर समुदायको कथा छ । ग्रामीण भेग र ओझेलमा परेका समुदायको कथामा अभिनय गर्न पाउँदा उत्साह लाग्ने अभिनेता राईले बताउनुभयो । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend