Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संघीय मन्त्रालयमा कार्यरत चार उपसचिवको सरुवा


१५, वैशाख २०८१
  • 158
    SHARES
  • संघीय मन्त्रालयमा कार्यरत चार उपसचिवको सरुवा

    काठमाडौँ । संघीय मन्त्रालयमा कार्यरत चार जना उपसचिवहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले युवा, भूमि, सञ्चार र महिला मन्त्रालयका उपसचिवहरूको सरुवा गरेको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द प्रसाद निरौलाले युवा तथा खेलकुद मन्त्रालयमा दरबन्दी रही महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत ममता बास्तोलालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेका छन् भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मोहन निरौलालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेका छन् ।

    यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव विजय भुर्तेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सार्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव चिरञ्जीवी भण्डारीको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । पछिल्लो मन्त्रालयमा सरुवाको दर बढ्दै गएको छ । 

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend