Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘फर्की फर्की’को शीर्ष गीतमा अनमोल र जसिताको रोमान्स(भिडियोसहित)


१६, वैशाख २०८१
  • 290
    SHARES
  • ‘फर्की फर्की’को शीर्ष गीतमा अनमोल र जसिताको रोमान्स(भिडियोसहित)

    काठमाडौँ । आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘फर्की फर्की’ को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको छ ।

    फिल्मको ट्रेलरले चर्चा पाइरहेको समय शीर्ष गीतमा रोमन बज्राचार्य र निकिता थापाको स्वर तथा रोमनकै शब्द संगीत छ ।

    भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको रोमान्स देख्न सकिन्छ । 

    सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रूपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रूपमा छन् ।

    अनमोल र जसिताको अलवा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय फिल्ममा छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । 

    रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका सङ्गीतकार हुन् । फिल्ममा अष्ट महर्जनको एक्सन छ । फिल्म टाइम लुपको कथालाई उठान गरेको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend