Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लोक गायक विमलराजको  ‘बैंक भरी धन’ गीत चर्चामा(भिडियोसहित)


१९, वैशाख २०८१
  • 230
    SHARES
  • लोक गायक विमलराजको  ‘बैंक भरी धन’  गीत चर्चामा(भिडियोसहित)

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त
    लखर लखर हिँडेकै आनन्द, मलाई बरु भोकै हिँडेको आनन्द

    माथिका शब्द लोकप्रिय गायक विमलराज क्षेत्रीका नयाँ गीत ‘बैक भरी धन’ को हो । केही दिन अगाडि सार्वजनिक गितको चर्चा दिन प्रतिदिन चुलिँदो छ ।

    यर्थातपरक गीतले आफूलाई गम्भीर र सोचनीय बनाएको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरिरहेका छन् । कतिपयले गीतलाई जीवन जिउन सिकाउने कला भन्दै तारिफ समेत गरेका छन् ।

    लोक शैलीमा तयार गीतमा शब्द, संगीत स्वर विमलराज क्षेत्रीकै छ । गीतको एरेन्ज लच्क्षु प्रकाश मल्लले गरेका हुन् । गीतको भिडियोमा गायक क्षेत्रीका अलवा लेखराज आचार्यको पनि अभिनय छ । कुमार केसीको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाइको छायाङ्कन र मीन रावलको सम्पादन छ ।

    गीतले मन परेको खान पाइने, जाहँनी जान पाइने, रोग व्यथा नभएसी दबाइ नि नचाहिने, धन पैसा नभए नि दैव दाइना भएको आनन्द सबैभन्दा ठुलो खुसी भएको भनेको छ । गीत मार्फत गायकले धनको तिर्खा कहिल्यै नमेटिन र वास्तविक सुख धन नहुँदा हुने बुझाउन खोजेका छन् ।

    विमलराज क्षेत्रीले ‘जापान टोकियो मैले चिठ्ठी पठाएकै थिएँ, कता रोकियो’, ‘मधु वनैमा’, ‘सुपारी चाम्रो म के राम्रो छु र खै मायाको हेराइ हो राम्रो’, ‘बुट्टे रुमाल’, ‘आँठी स्वयम्बरको’ लगायत करिब ६ सयभन्दा बढी लोकदोहोरी गीत साङ्गीतिक क्षेत्रमा दिएका छन् । जसमध्ये अधिकांश हिट ठहरिएका छन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend