Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘रेशम फिलिली’ २ बन्ने, शीर्ष भूमिकामा विनय र सुपुष्पा


२०, वैशाख २०८१
  • 216
    SHARES
  • ‘रेशम फिलिली’ २ बन्ने, शीर्ष भूमिकामा विनय र सुपुष्पा

    काठमाडौं । २०७२ सालमा रिलिज भएको चर्चित नेपाली फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला बन्ने भएको छ ।

    निर्माता र कलाकार हेरफेर गर्दै फिल्मको सिक्वेल ‘फेरि रेशम फिलिली’ निर्माण हुने भएको हो । यो फिल्मका स्क्रिप्ट डक्टर मनोज पण्डितले स्क्रिप्टले पूर्णता पाएको जनाउँदै सामाजिक सञ्जालबाट प्रोजेक्टको खुलासा गरेका छन् ।

    ‘दिमाग खराब’ फेम्ड रौनकविक्रम कँडेलले निर्माण गर्ने यो फिल्मको शीर्ष भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया हुनेछन् । विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पाको प्रवेश भएको छ । मेनुका प्रधान श्रृंखलाबाट बाहिरिएकी छन् ।

    ब्लकबस्टर बाटोमा आउँदैछ,’ स्क्रिप्ट डक्टर पण्डितले लेखेका छन्, ‘निर्देशक कथामा स्पष्ट भएपछि निर्माता खुसी भएर पुरस्कृत गर्दै (बीस रुपैयाँ मात्र) र जोसिएर प्लट इन्पुट गर्दै । दिमाग खराबपछि अर्को धमाकेदार फिल्म बनाउँदै रौनक कँडेल । बधाई तथा शुभकामना ।’

    पण्डितले यो समूहको अघिल्लो फिल्म ‘दिमाग खराब’को पनि स्क्रिप्ट डक्टरिङ गरेका थिए । ‘फेरि रेशम फिलिली’लाई डेब्यु निर्देशक निरोज महर्जनले निर्देशन गर्नेछन् । अघिल्लो भागलाई प्रणव जोशीले निर्देशन गरेका थिए ।

    यो फिल्मलाई आकाश बरालले लेखेका हुन् । सहनिर्मातामा सुरज बम र एनी थापा छन् । फिल्म निर्माणमा विनयको कम्पनी भी–मोसन पिक्चर्स पनि जोडिएको देखिन्छ । थापा भी–मोसन पिक्चर्सकी प्रमुख तथा अभिनेता विनयकी श्रीमती हुन् ।

    यो सोसल–कमेडी फिल्मले वर्तमान नेपाली समाजलाई कटाक्ष गर्ने स्क्रिप्ट डक्टर पण्डितले बताए । फिल्मको छायांकन चाँडै सुरु हुने जनाइएको छ ।

    ‘रेशम फिलिली’ रिलिज भएको भोलिपल्ट नेपालमा महाविनाशकारी भूकम्प गएको थियो । भूकम्पले प्रदर्शन प्रभावित बनेको थियो । ‘पिरतीको छाता ओढाउन’ बोलको गीतले फिल्मको ओपनिङ मद्दत गरेको थियो ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend