काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालैको इलाम र बझाङको उपनिर्वाचनको परिणामलाई हेरेर नेपाली राजनीति पुनः पुरानै संसदवादी पार्टीहरूको पोल्टामा फर्कियो भन्ने भाष्य जोडतोडका साथ प्रचारित गरिनु भ्रमपूर्ण रहेको बताएका छन ।
“ वास्तवमा पुरानाहरूको आकर्षण र सफलताको प्रतीक हैन । बरु नयाँ वा वैकल्पिक पार्टीहरूको कमजोरीको प्रतिबिम्बन हो । ” डा.भट्टराईले भनेका छन ।
देशका गम्भीर संरचनात्मक समस्याहरू भूराजनीतिक पासो, आन्तरिक जातीय/क्षेत्रीय अन्तरद्वन्द, राजनीतिक अस्थीरता, अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसेको अर्थतन्त्र, सर्वव्यापी कुशासन र भ्रष्टाचारको क्यान्सर आदि हल हुॅदै गएको भए लामो समयदेखि सत्तामा आलोपालो रजगज गर्दै आएका पुराना पार्टीहरूको पुनर्जागरण र त्यसप्रति जनताको आकर्षणको रूपमा व्याख्या गर्न सकिन्थ्यो । तर यथार्थ त्यस्तो हैन । देशका संरचनात्मक समस्या झन् पेचिलो बन्दै गईरहेका छन् ।
पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले समस्या छिटो र दिगो रूपमा हल गर्न सक्ने वैकल्पिक राजनीतिक पार्टी र नेतृत्वको अभावमा मतदाताले पहिलेदेखि भावनात्मक रूपमा जोडिदै आएका पुराना पार्टीहरूलाई परित्याग नगरेका मात्र हुन्। किनकि राजनीति कहिल्यै पनि शुन्यमा बस्दैन।
देशका संरचनात्मक समस्या समष्टीगत र दिगो रूपमा हल गर्न सक्ने वैकल्पिक राजनीतिक शक्तिको औचित्य र आवस्यकता घटेको हैन बढेको छ । भविष्यमा झन् बढेर जानेछ उनले भने ।
यो स्थितिमा पुराना शक्तिहरूले विजयोत्सव मनाउँदै गरून् तर नयाँ वैकल्पिक शक्तिहरूले गम्भीर आत्मसमीक्षा गरेर, आआफ्ना टुसाउॅदै गरेका अहमतालाई बेलैमा मठारेर, एक आयामिक वा पपुलिष्ट हैन समष्टीगत अग्रगामी एजेण्डा अँगालेर बृहत वैकल्पिक शक्ति निर्माण र ध्रुवीकरण अभियानमा लाग्नैपर्छ। नत्र देश र जनताको सास्ती अझै लम्बिनेछ। डा.भट्टराईले टवीटरमार्फत आफनो विचार ब्यक्त गरेका छन ।