काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले सहकारी प्रकरणमा कांग्रेसले माग गरेबमोजिम संसदीय छानबिन समिति बनाउने बताएका छन् ।
पार्टीको संसदीय दलको शनिबार बसेको बैठकमा प्रधानमन्त्री दाहालले सहकारी ठगी प्रकरण दिनानुदिन जटिल बन्दै गएकोले संसदीय छानबिन समिति बनाउने गरि तयारी गरेको ब्रिफिङ गरेका हुन् ।
बैठकमा सहभागी एक सांसदले आगामी मन्त्रिपरिषद् बैठकमा त्यसबारेमा ठोस निर्णय लिने भनेर प्रधानमन्त्री दाहालले भनेका छन् ।
यद्धपी प्रधानमन्त्री दाहालले कुनै नेतालाई ताकेर भने छानबिन समिति बनाउन नलागिएको स्पष्ट पारेका थिए । प्रधानमन्त्री दाहालले संसदीय छानबिन समिति बनाउनुअघि सर्वदलीय बैठक बोलाउने तयारी गरेको पनि जानकारी गराएका थिए ।