Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नीति, कार्यक्रम र बजेट तयारी अन्तिम चरणमा : प्रधानमन्त्री


२३, वैशाख २०८१
  • 139
    SHARES
  • नीति, कार्यक्रम र बजेट तयारी अन्तिम चरणमा : प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको बताएका छन्।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसको अवसरमा अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको र बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको बताएका हुन्।

    प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरु सम्बोधन गर्ने आश्वासन दिए। उनले आम नागरिकलाई गुणस्तरीय सेवा पुर्‍याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि सो प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे।

    प्रधानमन्त्री दाहालले वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने पनि बताए।

    उनले भने, ‘नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा प्रत्याभूत गरेको अवस्थामा आम नागरिकलाई गुणस्तरीय सेवा पुर्‍याउन राज्यको प्रमुख भूमिका हुनेतर्फ प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहनेछ। प्रतिष्ठानले आफ्नो कार्यलाई अझ बढी निरन्तरता दिने, क्षमता बढाउने र उच्चस्तरीय अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने छ भन्ने मैले विश्वास लिएको छु। यतिबेला सरकार अर्को वर्षको नीति, कार्यक्रम र बजेटको अन्तिम तयारीमा जुटिरहेको छ।'

    प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्न पनि उल्लेखनीय योगदान पुर्‍याउने सरकारको अपेक्षा रहेको बताए। वीर अस्पताललाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने बताए।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend