Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काठमाडौंमा ‘खजुरे ब्रो’ प्रिमियर


२६, वैशाख २०८१
  • 154
    SHARES
  • काठमाडौंमा ‘खजुरे ब्रो’ प्रिमियर

    काठमाडौं । सुरज सुनुवार निर्देशित फिल्म ‘खजुरे ब्रो’को प्रिमियर गरिएको छ । मंगलबार साँझ सभिल मल स्थित क्युएफएक्समा आयोजित प्रिमियरमा फिल्मकर्मी र रंग पत्रकारको सहभागिता थियो ।

    प्रिमिएरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । कतिले फिल्म ठिकै भएको बताउँदा, कतिले रमाइलो रहेको धारणा समेत दिए ।

    वैशाख २८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने फिल्मले साथीको सम्बन्ध र पैसाले श्रीमान् श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्छ ।

    फिल्ममा सहकारी ठगीको विषयलाई समेत गम्भिरताका साथ उठाउन खोजिएको छ । फिल्मको आज धरानमा पनि प्रिमियर हुँदैछ ।

    नवीन मानन्धरको निर्माण रहेको फिल्ममा महेश त्रिपाठी, रेअर राई, नवीन मानन्धर, नीति शाह, पुस्कर कार्की, बिनिता थापा मगर, शान्तिला तामाङ लगायतको अभिनय छ । प्रिमियरमा फिल्मका कलाकार सबै उपस्थित थिए ।

    काठमाडौँ, दार्जलिङ, धरान र इटहरीमा छायांकन भएको फिल्म दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको हो ।

    नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रुपमा जोडिएका छन् ।

    रोहित रत्नको आरआर फिल्मस्ले वितरण जिम्मा लिएको फिल्मका डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्म शिशिर विशंखेले खिचेका हुन् । फिल्ममा मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको सङ्गीत छ । 

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend