Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित


२७, वैशाख २०८१
  • 225
    SHARES
  • ‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित

    काठमाडौं । अभिनेता मुकुन भुसाल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग लिखित सम्झौता गरेको हो ।

    निर्माण पक्षले मुकुनको भूमिकाको बारेमा खुलाएको छैन । उसले बाँकी अन्य कलाकारको अनुबन्धपछि मात्र भूमिका खुलाइने जानकारी दिएको छ । मुकुनले एउटा कलाकारमा फरक चरित्रको भोक सधैँ रहने भएकाले त्यो फरक चरित्रमा आफू फिल्ममा देखिने बताए ।

    पहिलो फिल्म ‘बुलबुल’ बाट पहिचान बनाएका मुकुनले आफूहरुले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विश्वासका साथ अनुबन्ध गरिएको निर्माता विनोद पौडेलले बताए । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा यसअघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसकेका छन् ।

    सोसल–ड्रामा बन्ने फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन् । जेठको दोस्रो साताबाट छायाङ्कनमा जाने तयारी निर्माण पक्षको छ । वि.सं २०८२ मा रिलिज गर्ने तयारीमा रहेको फिल्मको नाम र मोसन पोस्टर निर्माण पक्षले दुई हप्ताअघि सार्वजनिक गरेको थियो ।

    फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend