Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा


२७, वैशाख २०८१
  • 159
    SHARES
  • लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा

    काठमाडौं । संघीय लिम्बुवान पार्टी नेपालबाट जसपा नेपालमा समाहित भएका नेताहरूले जसपा नेपाल छाडेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेको घोषणा गरेका हुन् ।

    उनीहरूले प्रा. डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा लावतीले पछिल्लो समय पार्टीको मुख्य नेतृत्व पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाए ।

     

    उनले अहिले आफूहरूले जसपा नेपाल वा जसपा कुनैको पक्ष नलिने तर पहिचानवादीसँग सहकार्य गर्ने बताए । नेपालमा सदियौँदेखि एकल जातीय राज्य स्थापित भएको र अहिले पनि त्यो कायमै रहेको उनको भनाइ छ । उनले नेपाली राज्य बहुजातीय हुनुपर्ने र सबैको पहिचान स्थापित हुनुपर्नेमा जोड दिए ।

    जसपा नेपालमा पहिचानबारे विचार राम्रोसँग समेटिएकाले आफूहरू पहिला उक्त पार्टीमा लागेको उनले उल्लेख गरे । तर, पछिल्लो समय पहिचानको आन्दोलन र त्यसको विस्तारमा जसपा नेतृत्वले समर्थन नगरेको उनले बताए । मोर्चाले प्रदेश नम्बर–१ पुनः नामांकन संयुक्त संघर्ष समितिलाई सघाउने उनको भनाइ छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend