Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फ्राइडे रिलिज : देशभर ‘खजुरे ब्रो’ प्रदर्शनमा 


२८, वैशाख २०८१
  • 290
    SHARES
  • फ्राइडे रिलिज : देशभर ‘खजुरे ब्रो’ प्रदर्शनमा 

    काठमाडौँ । फिल्म ‘खजुरे ब्रो’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै ‘खजुरे ब्रो’ले शुक्रबारदेखि देशभर एकल प्रदर्शन अवसर पाएको हो ।

    यद्यपि, देशभरका सबै फिल्म हल यो फिल्मले पाएको छैन । यसअघि बिभिन्न मितिमा प्रदर्शनमा आएका फिल्म ‘महाजात्रा’, ‘डिग्री माइला’, ‘मनसरा’ र ‘बोक्सीको घर’ले अझै केही स्टेसन कब्जा जमाएर बसेको छन् ।

    ‘खजुरे ब्रो’ सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको फिल्म हो । साथीको सम्बन्ध र पैसाले श्रीमान् श्रीमतीको सम्बन्धमा ल्याउने उतारचढावको कथा बोल्ने फिल्म सुरज सुनुवार र नवीन मानन्धरले निर्माण गरेका हुन् । फिल्मले सहकारी ठगीको विषय समेत गम्भीर रूपमा उठाएको हो ।

    प्रदर्शन अगाडि फिल्मको काठमाडौँ र धरानमा ग्राण्ड प्रिमियर भएको थियो । प्रिमियरमा फिल्म मनोरञ्जनात्मक भएको प्रतिक्रिया दिएका थिए ।

    फिल्ममा रेअर राइ, नीति शाह, नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय छ ।

    दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रूपमा छन् ।

    रोहित रत्नको आरआर फिल्मस्ले वितरण गरेको फिल्मको कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर विशंखेको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्ममा  अनमोल गुरुङको सङ्गीत छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend