Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अशोक राई नेतृत्वको जसपामा सनाखत नगर्न बाँके जिल्ला अध्यक्षको आह्वान


२९, वैशाख २०८१
  • 142
    SHARES
  • अशोक राई नेतृत्वको जसपामा सनाखत नगर्न बाँके जिल्ला अध्यक्षको आह्वान

    काठमाडौँ  । जनता समाजवादी पार्टी, नेपाल बाँके जिल्ला समितिले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा नै गोलबन्द रहेको जानकारी गराएको छ ।

    जसपा नेपालका बाँके जिल्ला अध्यक्ष कमरुदिन राइले एक विज्ञप्ति जारी गरी सिङ्गो समिति जसपा नेपालमै रहेको जानकारी दिएका हुन् । 

    अशोक राईको नेतृत्वमा जसपा नेपालबाट विभाजित भई जसपा गठन गरेपछि बाँके जिल्ला ले विज्ञप्ति जारी गरेर सो कुराको जानकारी गराएको हो ।

    नवगठित जसपाका महासचिव इस्तियाक राइको गृहजिल्ला बाँके हो । वर्तमान अवस्थामा पार्टीलाई थप मजबुत र एकताबद्ध भएर पहिचान र सङ्घीयतालाई सबल बनाउनु पर्ने बताउँदै उनले संसद् अधिवेशन आह्वान भइसकेको अवस्थामा दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएको साथै

    जनता समाजवादी पार्टी, नेपालका बहुमत केन्द्रीय सदस्यहरू दलप्रति प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोगमा गई अवैधानिक निवेदनको आधारमा दल विभाजनगरेको दाबी गरेका छन् ।

    अवैधानिक रूपमा दल दर्ता भएको हुँदा जसपा नेपालले केन्द्रीय समितिको निर्णय अनुसार सर्वोच्च अदालतमा कानुनी कारबाहीको लागी मुद्दा प्रक्रियामा जाने भएकोले अदालतको आदेश आफूहरूको पक्षमा आउने उनले दाबी गर्दै  कसैको बहकाव, लोभ लालच एवं अन्य कुनै कारणले कुनै पनि निर्वाचित जनप्रतिनिधिले निर्वाचन आयोगमा गई सनाखत गरेको खण्डमा निर्वाचित जनप्रतिनिधिकोहरुको पद स्वतः खारेज हुने भएकाले जसपाको पक्षमा सनाखत नगर्न आह्वान गरेका छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend