Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीलाई जेल हाल्न गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव


२९, वैशाख २०८१
  • 195
    SHARES
  • प्रधानमन्त्रीलाई जेल हाल्न गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काम नगरेर हल्ला मात्रै गरेर हिँडेको आरोप लाए ।

    शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता शाहीले निर्मला हत्या प्रकरण ७२ घण्टाभित्र पत्ता लगाउँछु भन्ने गृहमन्त्री लामिछानेले ७२ दिन बित्नै लाग्दा पनि कुनै चासो नदेखाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

    ‘गृहमन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु–कलम तपाईँको हातमा छ, प्रहरी प्रशासन तपाईँको हातमा छ । ठुला–ठुला फाइल ड्यामड्याम खोलौँ । झ्यापझ्याप पक्राउ गरेर जेल हालिहालौँ । गृहमन्त्रीको साथमा हामी हुन्छौँ । हल्ला मात्रै गर्ने र काम नगर्ने हो भने हामी साथ दिन सक्दैनौँ,’ उनले भने । 

    गृहमन्त्री लामिछानेले मिडियामा भजाउने, दुई चार जना युट्युबरतलाई लिएर मात्रै हिँडेको उनले टिप्पणी गरे । नेता शाहीले गृहमन्त्रीले नयाँको नाममा पुराना दलका कामै नलाग्ने मान्छे ल्याएर पार्टी चलाएको बताए । ‘गृहमन्त्रीले फेरि एउटा अचम्मको पसल खोल्नुभएको छ,’ उनले भने, ‘पुराना पार्टीमा काम नलागेका मान्छे ल्याएर भर्ती गर्ने अनि तिनलाई नयाँ भन्दिनुपर्ने हामीले ।’ 

    गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई त्यतिखेरको सरकारले भगायो भनेर अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जेल हाल्न सुझाव दिए । त्यतिखेरको सरकारले अपराधी भगाएको हो भने प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । 

    साथै, सिधा कुरा टिमले बाहिर ल्याएको डार्क फाइल प्रकरणमा मुछिएकाहरूलाई समाएर जेल हाल्न र छानबिन गर्न उनले गृहमन्त्री लामिछानेलाई सुझाव दिए । ‘यो डार्क फाइलमा गृहमन्त्री किन हेरेर बसेको भनेको ?’ प्रश्न गर्दै उनले भने, ‘समाउने छानबिन गर्ने, युट्युबमा फन्डाबाजी नगर्ने । थुनेर राख्ने । गृहमन्त्रीले पक्रिन पाउने र थुन्न पाउने अधिकार छ त ?’ 

    साथै, रास्वपालाई सत्ता छाडेर र संसद्मा एक ठाउँमा उभिन उनले आग्रह गरे । रविले प्रचण्ड छाड्ने नसकेको उनको टिप्पणी छ । ‘उहाँको के हो कुन्नि ? प्रचण्डजीलाई छोड्नै सक्नुहुन्न । के माया पिरती छ कुन्नि ? जता प्रचण्ड त्यतै रवि लामिछाने,’– उनले भने । 

    साथै, पशुपतिमा लास जलाउने मेसिन किन्दा पूर्वमन्त्री सुदन किरातीले भ्रष्टाचार गरेको उनको आरोप छ । उनले उक्त प्रकरण छानबिन गर्न गृहमन्त्री लामिछानेलाई सुझाव दिए । ‘पशुपति विकास कोषले लास जलाउने चार वटा मेसिन किन्छ । झण्डै एक बराबर १० करोड घोटाला भएको छ,’– उनले भने । 

    गगन र रवि दुवैले राजनीति छाड्दा राम्रो हुने उनको सुझाव छ । रवि लामिछानेले नै गगन थापालाई चुनाव जिताएको उनको भनाइ छ । संसद्बाट प्रधानमन्त्री र मन्त्री बन्ने परम्पराले देश अराजकतातिर गएको उनको निष्कर्ष छ । देशको कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित गराएर चुन्न आवश्यक रहेको उनले बताए । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend