काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको’ बजारमा आएको छ ।
‘यो जिन्दगीको’ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।
प्रेमील जोडि बिचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा गीतमा ब्यक्त गरिएको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निर्माण गरिएको छ ।