काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा.चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीकृत गरेका छन ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गरी डा.नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको जानकारी दिएका हुन ।
“राष्ट्रपति समक्ष आर्थिकविज्ञ डा.चिरञ्जिवी नेपालले दिएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गरेका छन ।
साथै, राष्ट्रपतिले डा.नेपालले आफ्नो पदमा रही पुर्याएको सेवाका लागि धन्यवादसमेत दिएका छन”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।