Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रविमाथि छानबिन समिति बनाउन कांग्रेसको २४ घण्टे अल्टिमेटम


३०, वैशाख २०८१
  • 114
    SHARES
  • रविमाथि छानबिन समिति बनाउन कांग्रेसको २४ घण्टे अल्टिमेटम

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ दलहरूलाई सोमबार दिउँसो २ बजेसम्म सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनबारे निर्णय लिन समय दिएको छ ।

    आइतबार सभामुख देवराज घिमिरेले ठूला पाँच दलका प्रमुख सचेतकहरूलाई संसद्को गतिरोध खुलाउने विषयमा छलफल गर्न बोलाएका थिए ।

    उक्त बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार दिउँसो २ बजेसम्म छानबिन समिति गठनको निर्णय लिन आग्रह गरेका हुन् ।

    कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ । गृहमन्त्रीमाथि छानबिन हुने गरी समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ ।

    यही माग राखेर कांग्रेसले बर्खे अधिवेशनको पहिलो दिन गत शुक्रबार बसेको संघीय संसद्को दुवै सदनको बैठकलाई कार्यसूचीमा अगाडि बढ्न दिएन ।

    अर्को बैठक आगामी जेठ १ गते बस्दैछ । जेठ १ गते दिउँसो ३ बजे दुवै सदनको संयुक्त बैठक राखिएको छ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।

    राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा समेत अवरोध गर्ने कतिपय कांग्रेस नेताहरूको चेतावनी छ । यो पृष्ठभूमिमा आइतबार सभामुखले बोलाएको छलफलमा कांग्रेसले सोमबार दिउँसोसम्म आफूहरूका माग पूरा गर्न भनेको हो ।

    सोमबार दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक छ । पार्टीको संसदीय दलको बैठक अगाडि सत्तारुढ दलहरू संसदीय छानबिन समिति गठनका लागि तयार नभए प्रतिपक्ष कठोर हुने लेखकले बताएका छन् ।

    संसदीय छानबिन समिति गठनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग आइतबार बिहान छलफल गरेका थिए ।

    प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको उल्लेख गर्दै कांग्रेस प्रमुख सचेतक लेखकले आफूहरू आशावादी रहेको बताएका छन् ।

    सभामुखले बोलाएको छलफलमा सत्तारुढ दलहरूलाई पूर्ववत मागको विषय स्मरण गइराएको प्रमुख सचेतक लेखकले जानकारी दिए । ‘संसदीय छानबिन समिति गठन गर्नुपर्छ भनेर पुनः स्मरण गराएँ’ बैठकपछि लेखकले पत्रकारहरूसँग भने ।

    संसद् प्रतिपक्षलाई नै बढी चाहिने भएकाले आफूहरू अवरोध गर्ने पक्षमा नरहेको उनले बताए । तर छानबिन समिति गठन नभए कामकारबाही चल्न नदिने विषय पनि पूर्ववत निर्णय भएको बताए ।

    सोमबार दिउँसो २ बजेसम्म छानबिन समिति बन्ने पनि उनले विश्वास व्यक्त गरे । उनले भनेका छन्, ‘भोलि दिउँसोसम्म सरकारले संसदीय छानबिन समिति गठन गर्ने विषयलाई अगाडि ल्याउँछ ।’

    अब संसद् कसरी चल्छ भन्ने विषय सरकारको निर्णयमा भरपर्ने पनि प्रमुख सचेतक लेखकले बताए । उनले भने, ‘बल सरकारको कोर्टमा छ । सरकारले कसरी डिल गर्छ त्यसमा संसद्को कामकारबाही भर पर्छ ।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend