Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रविविरुद्ध सडकबाट पनि कांग्रेसले मोर्चा खोल्यो, भ्रातृसंगठनले आन्दोलन थाल्ने


३१, वैशाख २०८१
  • 164
    SHARES
  • रविविरुद्ध सडकबाट पनि कांग्रेसले मोर्चा खोल्यो, भ्रातृसंगठनले आन्दोलन थाल्ने

    काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय समिति माग गर्दै आएको नेपाली कांग्रेसका भ्रातृसंगठनहरु सडक आन्दोलनमा उत्रिने भएका छन् ।

    मातृपार्टीले संसद्भित्र आन्दोलन गरिरहेका बेला भ्रातृसंगठनहरुले जेठ १ गतेबाट सहकारीपीडितहरूको पक्षमा सडक आन्दोलनमा जाने घोषणा गरेका छन् ।

    कांग्रेसका भ्रातृ संगठनहरु नेपाल महिला संघ र नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा छुट्टाछुट्टै आन्दोलन तयारी गरेका हुन्। महिला संघले जेठ १ गते (मंगलबार) र तरुण दलले जेठ २ गते (बुधबार) सडकमा प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

    महिला संघले मंगलबार दिउँसो साढे १ बजे शान्ति बाटिकामा हुने विरोध र्यालीमा सहभागिताका लागि आह्वान गरेको छ ।

    सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन, सहकारी समस्यालाई दिगो रुपमा समाधान गर्न, सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याइ कानुनी कारबाही गर्न सरकारलाई दबाब दिन विरोध र्‍याली आयोजना गरिएको महिला संघले जनाएको छ ।

    तरुण दलका अध्यक्ष विद्धान गुरुङले सहकारी पीडितको पक्षमा बुधबार माइतीघरबाट नयाँ बानेश्वरसम्म विरोध र्‍याली गरिने जानकारी दिए ।

    उनले उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको अनौपचारिक बैठकबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए ।

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend