Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सहकारी ठगलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्दै तरुण दल


१, जेठ २०८१
  • 162
    SHARES
  • सहकारी ठगलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्दै तरुण दल

    काठमाडौं । सहकारी ठगीमा संलग्नलाई कारबाही र हजारौं बचतकर्ताको रकमको सुरक्षाको माग गर्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गर्ने भएको छ ।

    संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ भने कांग्रेसकै भ्रातृसंस्था तरुण दलले सडकबाट दबाब बढाउने भएको हो ।

    बुधबार काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।

    ‘सोमबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्यो । देशभरिबाट सहकारी पीडितहरूले हारगुहार गरिरहेको अवस्था छ,’ गुरुङले भने, ‘यस्तोमा सरकार रमिने बनेर बस्न मिल्दैन । हामीले सहकारी ठगलाई कारबाही र बचतकर्ताको रकमको सुरक्षाका लागि सडक प्रदर्शनको गर्दैछौँ ।’

    बुधबार दिउँसो १२ बजे माइतीघर मण्डलामा जम्मा भएर बृहत् र्‍याली निकालिने उनले बताए ।  

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend