काठमाडौं । आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम संसदमा पेश भएको छ ।
आज बसेको संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।
५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको छ ।
त्यस्तै १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
पूर्णपाठसहित हेर्नका लागि तलको Link मा Click गर्नुहोस :
PolicyProgram-2081-082.pdf :To download file click here