Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

'संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता'


१, जेठ २०८१
  • 163
    SHARES
  • 'संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता'

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदीय छानबिन समिति बनाउने प्रतिबद्धता जनाएको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेको र संसदीय छानबिन समिति बनाउन प्रतिबद्धता जनाएको बताए ।

    संसदीय समिति नबनेसम्म संसद्‌ चल्ने नदिने उनको भनाइ छ । "प्रधानमन्त्रीजीले नीति तथा कार्यक्रम राष्ट्रपतिजीलाई सम्बोधन गर्न दिनुस्, मैले यहाँ समिति बनाउने कोसिस गर्दछु भन्ने प्रतिबद्धता गर्नुभएको हो ।

    समिति बनाउने काममा लाग्छु भन्ने प्रतिबद्धता गर्नुभएको हो । जबसम्म संसदीय छानबिन समिति बन्दैन, हामी सरकारी काममा प्रवेश गर्दैनौँ," उनले भने ।

    उनले नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्र अघि बढाउने ठोस नीति लिन नसकेको जिकिर गरे ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend