Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची : ९ विषय समावेश


२, जेठ २०८१
  • 154
    SHARES
  • प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची : ९ विषय समावेश

    काठमाडौं । संघीय संसद् सचिवालयले बिहीबारको प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

    बुधबार सार्वजनिक गरिएको कार्यसूचीमा ९ विषय समावेश गरिएको छ । सार्वजनिक भएको सम्भावित कार्यसूचीको ८ नम्बर बुँदामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रोस्ट्रम चढ्न दिने उल्लेख छ ।

    उक्त बुँदामा गृहमन्त्री रवि लामिछानेले “राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । 

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् चल्न दिएको छैन । सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी भएको आरोप कांग्रेसको छ ।

    कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय  समितिको माग गरिरहेको छ । माग पूरा नभएसम्म सदन चल्न नदिने नीति कांग्रेसको छ । 

    गृहमन्त्री लामिछानेले प्रस्तुत गर्ने भनिएको राजनीतिक दलसम्बन्धी विधेयक सदनको अघिल्लो अधिवेशनमै प्रस्तुत गर्ने तयारी थियो । कांग्रेसले गृहमन्त्रीलाई रोकेको थियो ।

    बजेट अधिवेशनमा पनि जबसम्म छानबिन समिति बन्दैन संसदीय गतिविधि अघि बढ्न नदिने कांग्रेसले बताइसकेको छ । 

    यता, गृहमन्त्री लामिछानेले पनि आफूले सदनमा बोल्न पाउनुपर्ने भन्दै निरन्तर माग गर्दै आएका छन् । जसको मारमा सदन परेको छ ।

    नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबुल हुन सकेको छैन भने राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत हुन सकेको छैन । 

    यस्तै, बजेट अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुनुपर्ने कार्यसूचीहरू पनि प्रस्तुत हुन सकेको छैन । 

    यस्ता छन् बिहीबारको बैठकका लागि सम्भावित कार्यसूची 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend