Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित


३, जेठ २०८१
  • 205
    SHARES
  • कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित

    काठमाण्डाै – प्रतिनिधि सभाकाे आजकाे बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले सांसदबीच धकेलाधकेल भएकाे छ ।

    झन्डै दुई घण्टा ढिलाे गरी शुरु भएकाे बैठककाे प्रारम्भमै नेपाली कांग्रेसका सांसदले अवराेध गरेका थिए । अवराेधकै बीच सभामुख देवराज घिमिरेले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल भएको हो ।

    सांसदहरूबीच धकेलाधकेलकाे अवस्था भएपछि सभामुख घिमिरेले भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गर्नुभएकाे छ ।

    यसअघि आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधि सभाको बैठक सत्तारूढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि दिउँसो ४ बजेका लागि सारिएको थियो ।

    कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद्काे दुवै सदनकाे बैठकमा अवरोध गर्दै आएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend