Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गगनको प्रश्न– सहकारी ठगलाई जोगाउने कि कारबाही गर्ने ?


३, जेठ २०८१
  • 201
    SHARES
  • गगनको प्रश्न– सहकारी ठगलाई जोगाउने कि कारबाही गर्ने ?

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सदनमा सहकारी ठगलाई जोगाउने कि कारबाही गर्ने भन्ने दुई पक्ष रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्दै उनले सदनका दलहरूले कता उभिने भन्ने निर्णय गरिनुपर्ने बताए । 

    “सदनभित्र हामी दुईटा पक्षजस्तो देखियौँ । एउटा सहकारी ठग जोगाउने पक्ष, एउटा सहकारी ठगलाई कारबाही गर्ने पक्ष । सहकारी ठगलाई संरक्षण गर्ने, जोगाउने पक्षमा उभिने कि सहकारी ठगलाई कारबाही गर्ने बाटोमा लिएर जाने भन्ने पक्षमा उभिने कुरा सदनभित्र रहेका सबै राजनीतिक दलले यसका बारेमा निर्णय गर्ने कुरा हो,” उनले भने । 

    उनले आफूहरूमा सदनभित्र मुठभेडको चाहना नरहेको बताए । थापाले छानबिन गर्नुपर्ने माग राखिएको बताए । अब संसदीय समिति नबनेसम्म सदनको कारबाही अघि बढ्न नदिइने उनको भनाइ छ । भोलिको बैठक बस्नुअघि संसदीय छानबिन समिति बन्ने विश्वास समेत व्यक्त गरे । उनले पुराना फाइल खोल्नैपर्ने बताए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend