Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित


४, जेठ २०८१
  • 138
    SHARES
  • प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

    काठमाण्डाै – प्रतिनिधि सभाको बैठक जेठ ६ गते आइतवारसम्मका लागि स्थगित भएको छ ।

    यसअघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्षसहित प्रतिपक्ष दलहरू बेग्लाबेग्लै छलफलमा व्यस्त रहेपछि दिउँसो २ बजेका लागि सारिएको थियो । तर दिउँसो ३ बजेसम्म पनि बैठक बस्न सकेन । बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेको आदेशमा संसद् सचिवालयले सूचना प्रकाशन गरेर आइतवार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको हो ।

    सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर सहमति जुटेन । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै केही दिनदेखि प्रतिनिधि सभाकाे बैठक अवरोध गर्दै आएको छ । कांग्रेसको आज बसेको संसदीय दल बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने निर्णय गरेको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend